महिला टी-२०: जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

महिला टी-२०: जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो : Icon Khabar

काठमाडौँ, मंसिर ३ । हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ। चार देश सम्मिलित महिला टी-२० मा आइतबार बिहान जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो।

हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो।

जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन्। हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ‍११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक/एक विकेट लिए। खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।

बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्। लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो।

सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।

Published Date: 19 November 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी