महिला टी-२०: जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

महिला टी-२०: जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो : Icon Khabar

काठमाडौँ, मंसिर ३ । हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ। चार देश सम्मिलित महिला टी-२० मा आइतबार बिहान जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो।

हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो।

जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन्। हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ‍११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक/एक विकेट लिए। खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।

बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्। लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो।

सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु