सरकारले गरेको टिकटक प्रतिबन्धविरूद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन

सरकारले गरेको टिकटक प्रतिबन्धविरूद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन : Icon Khabar

काठमाडौँ, मंसिर ३ । नेपालमा टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। शनिबार टिकटक प्रयोगकर्ताहरूले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ। उक्त विवादको सुनुवाइ मंसिर ४ गतेका लागि तय गरिएको छ।

Published Date: 19 November 2023
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता