लायन्स क्लव अफ भक्तपुर न्यातपोलद्वारा चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण

लायन्स क्लव अफ भक्तपुर न्यातपोलद्वारा चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण : Icon Khabar

भक्तपुर, मंसिर ३ । लायन्स क्लव अफ भक्तपुर न्यातपोल तथा भेरोन नेपाल द्वारा एक कार्यक्रममा धादिङको बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर २ चोतेस स्थित बागेश्वरी आधारभूत विद्यालयमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको छ।

धादिङको बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर २ मा सो गाउँ पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाको प्रमुख आतिथ्यमा विद्यार्थीहरूको लागि न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको हो।

वडा अध्यक्ष हेमराज भुजेलको रोहवरमा सम्पन्न कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका लायन्स क्लव अफ भक्तपुर न्यातपोलका अध्यक्ष भुषण खयरगोलीले चेपाङ समुदायको शैक्षिक स्तरको बिकासका लागि ट्याकसुट, टोपी, झोला, कापी कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेको बताए।

सुरेन्द्र जाकिबन्जार, नविन प्रजापति, केदार गोसाई, जितेन्द्र खायमली,कृष्ण सुन्दर प्रजापति, दिपेन्द्र प्रजापति लगायतले सहभागिता जनाएको उक्त कार्यक्रममा संयोजक बिश्वजित प्रजापतिले यस्तो सामाजिक कार्यमा सरिक हुँन पाउँदा भित्र मनदेखि आनन्द प्राप्त हुने बताए ।

साथै कार्यक्रमको सञ्चालक एवं क्लबका प्रथम उपाध्यक्ष दिनेश सुवालले उक्त चेपाङ बस्तिमा बीचमै पढाइ छोड्ने प्रमुख कारण कलिलो उमेरमा नै बाल विवाह गर्ने प्रचलन रहेकोले बाल विवाह रोक्नका लागि आवश्यक जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको उक्त क्षेत्रको अवलोकन पश्चात बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts




ताजा
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने