लायन्स क्लव अफ भक्तपुर न्यातपोलद्वारा चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण

लायन्स क्लव अफ भक्तपुर न्यातपोलद्वारा चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण : Icon Khabar

भक्तपुर, मंसिर ३ । लायन्स क्लव अफ भक्तपुर न्यातपोल तथा भेरोन नेपाल द्वारा एक कार्यक्रममा धादिङको बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर २ चोतेस स्थित बागेश्वरी आधारभूत विद्यालयमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको छ।

धादिङको बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर २ मा सो गाउँ पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाको प्रमुख आतिथ्यमा विद्यार्थीहरूको लागि न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेको हो।

वडा अध्यक्ष हेमराज भुजेलको रोहवरमा सम्पन्न कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका लायन्स क्लव अफ भक्तपुर न्यातपोलका अध्यक्ष भुषण खयरगोलीले चेपाङ समुदायको शैक्षिक स्तरको बिकासका लागि ट्याकसुट, टोपी, झोला, कापी कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेको बताए।

सुरेन्द्र जाकिबन्जार, नविन प्रजापति, केदार गोसाई, जितेन्द्र खायमली,कृष्ण सुन्दर प्रजापति, दिपेन्द्र प्रजापति लगायतले सहभागिता जनाएको उक्त कार्यक्रममा संयोजक बिश्वजित प्रजापतिले यस्तो सामाजिक कार्यमा सरिक हुँन पाउँदा भित्र मनदेखि आनन्द प्राप्त हुने बताए ।

साथै कार्यक्रमको सञ्चालक एवं क्लबका प्रथम उपाध्यक्ष दिनेश सुवालले उक्त चेपाङ बस्तिमा बीचमै पढाइ छोड्ने प्रमुख कारण कलिलो उमेरमा नै बाल विवाह गर्ने प्रचलन रहेकोले बाल विवाह रोक्नका लागि आवश्यक जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको उक्त क्षेत्रको अवलोकन पश्चात बताए।

Published Date: 19 November 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी