आज सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

आज सूर्यको पूजा गरी छठ पर्व मनाइँदै : Icon Khabar

काठमाडौँ,  मंसिर ३ । आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ ।

केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ । यो पर्व षष्ठी (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ हुन्छ भने सप्तमी (सोमबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।

Published Date: 19 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु