आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर ३ । आज २०८० मंसिर ३ गते आइतबार, तद्अनुसार १९ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल षष्ठी, वृद्धि तैतल श्रवण, आज छठ पर्व व्रत, विश्व शौचालय दिवस ।

आजको राशिफल

मेष: पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । प्रसन्नता रहने छ । परिश्रमको अनुकूल फल मिल्ने छ ।

वृष: यात्रा, जागिर तथा लगानीले मनोनुकूल लाभ दिने छ । अप्रत्याशित लाभको सम्भावना छ । रोकिएको पैसा पाइने छ ।

मिथुन: विवादबाट क्लेश हुनेछ । फजूल खर्च बढ्ने छ । जीवनसाथीसंग वैचारिक मतभेद हुनेछ । विद्यार्थीहरुले परीक्षामा सफलता प्रँप्त गर्ने योग छ ।

कर्कट: आजको दिन तपाईंका लागि शुभ रहने सम्भावना छ । रोजगारको अवसर पाइने छ । परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह: मेहनतको फल पाइने छ । योजना फलीभूत हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट अथवा रोगबाट बच्नु होला । धर्म कर्ममा रुचि रहने छ । दाजुभाइसंग खटपट हुनसक्छ, होशियार रहनु होला ।

तुला: सवारीसाधन तथा मेशीनबाट सावधान रहनु होला । सन्तानप्रति झुकाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

वृश्चिक: राजकीय सहयोग प्राप्त हुनेछ । अनुकूल समाचार पाइने छ भने दिन आनन्दपूर्वक बित्ने छ । नया सम्बन्ध लाभदायक सिद्ध हुनेछ ।

धनु: सम्पत्तिको कार्यले लाभ दिने छ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । प्रसन्नता रहने छ ।

मकर: कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ । बौद्धिक कार्य सफल हुनेछ । लाभ हुनेछ ।

कुम्भ: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । अल्प परिश्रमबाटै लाभको सम्भावना छ ।

मीन: मेहनतको फल पाइने छ । कार्यको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

Published Date: 19 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु