आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर ३ । आज २०८० मंसिर ३ गते आइतबार, तद्अनुसार १९ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल षष्ठी, वृद्धि तैतल श्रवण, आज छठ पर्व व्रत, विश्व शौचालय दिवस ।

आजको राशिफल

मेष: पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । प्रसन्नता रहने छ । परिश्रमको अनुकूल फल मिल्ने छ ।

वृष: यात्रा, जागिर तथा लगानीले मनोनुकूल लाभ दिने छ । अप्रत्याशित लाभको सम्भावना छ । रोकिएको पैसा पाइने छ ।

मिथुन: विवादबाट क्लेश हुनेछ । फजूल खर्च बढ्ने छ । जीवनसाथीसंग वैचारिक मतभेद हुनेछ । विद्यार्थीहरुले परीक्षामा सफलता प्रँप्त गर्ने योग छ ।

कर्कट: आजको दिन तपाईंका लागि शुभ रहने सम्भावना छ । रोजगारको अवसर पाइने छ । परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह: मेहनतको फल पाइने छ । योजना फलीभूत हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट अथवा रोगबाट बच्नु होला । धर्म कर्ममा रुचि रहने छ । दाजुभाइसंग खटपट हुनसक्छ, होशियार रहनु होला ।

तुला: सवारीसाधन तथा मेशीनबाट सावधान रहनु होला । सन्तानप्रति झुकाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

वृश्चिक: राजकीय सहयोग प्राप्त हुनेछ । अनुकूल समाचार पाइने छ भने दिन आनन्दपूर्वक बित्ने छ । नया सम्बन्ध लाभदायक सिद्ध हुनेछ ।

धनु: सम्पत्तिको कार्यले लाभ दिने छ । उन्नतिका मार्ग प्रसस्त हुनेछन् । प्रसन्नता रहने छ ।

मकर: कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ । बौद्धिक कार्य सफल हुनेछ । लाभ हुनेछ ।

कुम्भ: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । अल्प परिश्रमबाटै लाभको सम्भावना छ ।

मीन: मेहनतको फल पाइने छ । कार्यको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु