प्यालेस्टिनीहरूविरुद्ध इजरायलले जातीय सफाया गर्ने नियतका साथ हमला गरिरहेको छ: अध्यक्ष बिजुक्छें

प्यालेस्टिनीहरूविरुद्ध इजरायलले जातीय सफाया गर्ने नियतका साथ हमला गरिरहेको छ: अध्यक्ष बिजुक्छें : Icon Khabar

भक्तपुर, मंसिर २ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा ‘प्यालेस्टाइन र इजरायलबिचको द्वन्द्व’ विषयमा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूबीच शुक्रबार प्रवचन कार्यक्रम भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले प्यालेस्टिनीहरूविरुद्ध इजरायलले जातीय सफाया गर्ने नियतका साथ हमला गरिरहेको र संरा अमेरिकाले इजरायललाई हतियार उपलब्ध गराई प्यालेस्टिनीहरूको नरसंहारमा सहयोग गरिरहेको बताए।

पश्चिमी देशहरू देश टुक्र्याउने कुटिल चालमा अनुभवी रहेको र ‘फुट गर र राज गर नीति’ मा तिनीहरू पोख्त रहेको उल्लेख गर्दै उहा“ले सोभियत सङ्घलाई टुक्र्याउनमा संरा अमेरिकाको मुख्य हात रहेको बताए।

प्यालेस्टाइनमाथि इजरायलको आक्रमण युद्ध नभई एकतर्फी हमला भएको स्पष्ट पार्दै अध्यक्ष रोहितले देशभक्त र न्यायप्रेमी जनताले प्यालेस्टिनी जनतामाथि गरेको बर्बर आक्रमणको निन्दा तथा भत्र्सना गर्नुपर्ने आवश्यकता औल्याए।

उनले युवा तथा विद्यार्थीहरूलाई देश विदेशका राजनीतिक सङ्घर्षका विषयमा जानकार गराउनुपर्ने आवश्यकता औल्याउदै अध्यक्ष रोहितले इतिहासको अध्ययनले पहिलेका गल्तीहरू नदोहोर्याउन मद्दत गर्ने बताए।

नेपाली जनता युद्धको विरोध र शान्तिको पक्षमा रहेको चर्चा गर्दै उनले भने, “संसारमा जति पनि युद्ध हुन्छन् ती सबैको भित्री उद्देश्य अर्थतन्त्र कब्जा गर्नु नै हो ।”

भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले युद्ध भूमि इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु हुनुमा देशका शासकहरू जिम्मेवार भएको धारणा राख्दै पक्राउमा परेका नेपालीलाई नेपाल फर्काउने प्रयासमा सरकारले जोड दिनुपर्ने बताए।

कार्यक्रममा भनपाका उपप्रमुख एवम् कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, कलेजका शिक्षक कमिनिका न्याइच्याइर्विले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2023
Website | + posts