महिला टी–२० क्रिकेट शृंखला : नेपालले जापानलाई दियो बलियो लक्ष्य

महिला टी–२० क्रिकेट शृंखला : नेपालले जापानलाई दियो बलियो लक्ष्य : Icon Khabar

काठमाडौँ, मंसिर २ । हङकङमा जारी चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गतको खेलमा नेपालले जापानलाई बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएकी रुविना अन्तिम ओभरमा आउट भएकी थिइन् । इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए ।

नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन् ।

कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको इनिङ खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै नटआउट रहिन् । अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।

जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेल्ने दौडबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो ।

नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापानकै सामना गर्नेछ ।

Published Date: 18 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु