महिला टी–२० क्रिकेट शृंखला : नेपालले जापानलाई दियो बलियो लक्ष्य

महिला टी–२० क्रिकेट शृंखला : नेपालले जापानलाई दियो बलियो लक्ष्य : Icon Khabar

काठमाडौँ, मंसिर २ । हङकङमा जारी चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गतको खेलमा नेपालले जापानलाई बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएकी रुविना अन्तिम ओभरमा आउट भएकी थिइन् । इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए ।

नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन् ।

कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको इनिङ खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै नटआउट रहिन् । अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।

जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेल्ने दौडबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो ।

नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापानकै सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न