चिनियाँ राष्ट्रपति सी तानाशाह हुन्: बाइडेन

चिनियाँ राष्ट्रपति सी तानाशाह हुन्: बाइडेन : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङबारे फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । क्यालिफोर्नियामा एसिया-प्रशान्त आर्थिक सहयोग(एपेक) को शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलमा अमेरिकी राष्ट्रपति बाइडेनले सीलाई पुन: ‘तानाशाह’ को संज्ञा दिएका हुन् ।

यसअघि यसै वर्षको जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई ‘तानाशाह’ भनेका थिए । अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको आरोप लगाउँदै सीलाई उनले ‘तानाशाह’ को ‘उपमा’ दिएका थिए । उनको टिप्पणीलाई चीनले ‘गैरजिम्मेवारपूर्ण र बेवकुफी’ अभिव्यक्तिको संज्ञा दिएको थियो ।

यस पटक चिनियाँ राष्ट्रपतिसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको विवादास्पद भनाइ बाहिर आएको हो । अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन । चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् ।

Published Date: 16 November 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली