चिनियाँ राष्ट्रपति सी तानाशाह हुन्: बाइडेन

चिनियाँ राष्ट्रपति सी तानाशाह हुन्: बाइडेन : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङबारे फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । क्यालिफोर्नियामा एसिया-प्रशान्त आर्थिक सहयोग(एपेक) को शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलमा अमेरिकी राष्ट्रपति बाइडेनले सीलाई पुन: ‘तानाशाह’ को संज्ञा दिएका हुन् ।

यसअघि यसै वर्षको जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई ‘तानाशाह’ भनेका थिए । अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको आरोप लगाउँदै सीलाई उनले ‘तानाशाह’ को ‘उपमा’ दिएका थिए । उनको टिप्पणीलाई चीनले ‘गैरजिम्मेवारपूर्ण र बेवकुफी’ अभिव्यक्तिको संज्ञा दिएको थियो ।

यस पटक चिनियाँ राष्ट्रपतिसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको विवादास्पद भनाइ बाहिर आएको हो । अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन । चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने