तिहार र हरेक बर्ष बज्ने यी गीत ‘दियो बाली साँझको’, तिहारै आयो लौ झिलिमिली

तिहार र हरेक बर्ष बज्ने यी गीत ‘दियो बाली साँझको’, तिहारै आयो लौ झिलिमिली : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । हरेक चाडमा नयाँ गीत बन्छन्, केही हप्ता बज्छन र हराउँछन् । तर हरेक चाडका धेरै गीत यस्ता पनि छन्, जो वर्षौंदेखि बजिरहेका छन् र अझै दशकौँ बज्नेछन् ।

‘दियो बाली साँझको…’ तिहारको सबैभन्दा लोकप्रिय गीत हो । नेपाली फिल्म चिनोको यो गीतमा आशा भोस्लेको स्वर, कुसुम गजमेरको शब्द र रञ्जित गजमेरको‌ संगीत सुन्न सकिन्छ ।

तिहारमा ‘स्वर्ग’ फिल्मको अभिनेत्री गौरी मल्ल नाचेको एउटा गीत अपरिहार्य छ । यो गीत बिना तिहार आउँदैनभन्दा अन्यथा हुँदैन । ‘भैलेनी आए आँगन’ बोलको यो गीत कहिले पुराना नहुने गीतमा पर्छ । शम्भुजीत बास्कोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको यो गीतमा यादव खरेलको शब्द रचना रहेको छ । शम्भु प्रधान निर्देशित यो फिल्मको यो गीतबिना तिहार खल्लो लाग्छ ।

त्यस्तै अर्को गीत पनि छ, जसले युवालाई तताउने गर्छ । तिहारको माहौलमा अक्षता अधिकारीको त्यो हड्के स्वर एक दशक पुग्नै लाग्दा पनि ताजगी दिने गीतमा पर्छ । अक्षता–अल्मोडा, रोलान्ड लगायतको इनफर्मल यो देउसि रे पनि तिहारमा गुन्जिनै पर्ने गीतमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 November 2023
Website | + posts