तिहार र हरेक बर्ष बज्ने यी गीत ‘दियो बाली साँझको’, तिहारै आयो लौ झिलिमिली

तिहार र हरेक बर्ष बज्ने यी गीत ‘दियो बाली साँझको’, तिहारै आयो लौ झिलिमिली : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । हरेक चाडमा नयाँ गीत बन्छन्, केही हप्ता बज्छन र हराउँछन् । तर हरेक चाडका धेरै गीत यस्ता पनि छन्, जो वर्षौंदेखि बजिरहेका छन् र अझै दशकौँ बज्नेछन् ।

‘दियो बाली साँझको…’ तिहारको सबैभन्दा लोकप्रिय गीत हो । नेपाली फिल्म चिनोको यो गीतमा आशा भोस्लेको स्वर, कुसुम गजमेरको शब्द र रञ्जित गजमेरको‌ संगीत सुन्न सकिन्छ ।

तिहारमा ‘स्वर्ग’ फिल्मको अभिनेत्री गौरी मल्ल नाचेको एउटा गीत अपरिहार्य छ । यो गीत बिना तिहार आउँदैनभन्दा अन्यथा हुँदैन । ‘भैलेनी आए आँगन’ बोलको यो गीत कहिले पुराना नहुने गीतमा पर्छ । शम्भुजीत बास्कोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको यो गीतमा यादव खरेलको शब्द रचना रहेको छ । शम्भु प्रधान निर्देशित यो फिल्मको यो गीतबिना तिहार खल्लो लाग्छ ।

त्यस्तै अर्को गीत पनि छ, जसले युवालाई तताउने गर्छ । तिहारको माहौलमा अक्षता अधिकारीको त्यो हड्के स्वर एक दशक पुग्नै लाग्दा पनि ताजगी दिने गीतमा पर्छ । अक्षता–अल्मोडा, रोलान्ड लगायतको इनफर्मल यो देउसि रे पनि तिहारमा गुन्जिनै पर्ने गीतमा पर्छ ।

Published Date: 15 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग