चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने

चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने : Icon Khabar

बेइजिङ, कात्तिक २९ । यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।

चिनियाँ सरकारी मिडियामा प्रकाशित तथा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै मुलुकलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति आएको हो ।

“दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “तिनीहरूले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने वाचा गरेका छन् र ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाएका छन् ।”

बेइजिङले गत साता आफ्नो ग्यास उत्सर्जन नियन्त्रण गर्न एउटा योजना सुरु गरेको छ तर उक्त योजनाले कार्बन उत्सर्जन घटाउने कुनै विशेष लक्ष्य प्रस्ताव गरेको छैन ।

यद्यपि आफ्नो संयुक्त विज्ञप्तिमा दुवै पक्ष उनीहरूको २०३५ उत्सर्जन कटौती योजनामा समावेश गर्न ‘आफ्ना सम्बन्धित मिथेन न्यूनीकरण कार्य÷लक्ष्यहरू विकास गर्न’ सहमत भएको उल्लेख छ ।

कोप २८ शिखर सम्मेलनका लागि दुवै मुलुकबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ । बढ्दो तापक्रम र सन् २०२३ मानव इतिहासमा अहिलेसम्मको सबैभन्दा तातो वर्ष बन्ने आशङ्कासँगै वैज्ञानिकहरूले पृथ्वीलाई तातो बनाउने हरितगृह ग्यास प्रदूषणमाथि अङ्कुश लगाउनका लागि विश्वका नेताहरूमाथि यति दबाब कहिल्यै नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 November 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने