महिला क्रिकेटको आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित

महिला क्रिकेटको आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन् ।

त्यस्तै ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन् ।
बलिङतर्फ नेपालको लागि संगिता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 November 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने