फिल्म ‘जम्प’ को ट्रेलर सार्वजनिक, मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने

फिल्म ‘जम्प’ को ट्रेलर सार्वजनिक, मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, कार्तिक २८ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

२ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई स्थान दिइएको छ । साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्मको ट्रेलर पनि सस्पेन्स नै बनेको छ । यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ ।

नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक बनेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ ।

आफ्नो विगतका दवाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर यो फिल्म रुमलिने निर्देशक कार्कीले बताए । यो फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको हो ।

इशा खड्का कार्यकारी निर्माता रहेको यो फिल्मले नेपाली फिल्ममा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ ।

यो फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ ।

विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । यो फिल्मलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

Published Date: 14 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी