कपाल झर्ने समस्या छ ? यी उपाएहरु अपनाउनुस

कपाल झर्ने समस्या छ ? यी उपाएहरु अपनाउनुस : Icon Khabar

काठमाडौँ, कार्तिक २८ । हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्‍याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ। दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ। तर, योभन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्या भनेर बुझ्नुपर्छ।

कारण
पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो। तर, यो सबैमा देखिन्छ भन्ने हुँदैन। दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा हर्माेनमा गडबडी आउँछ। यसले गर्दा प्रतिक्रियास्वरूप बाक्लो कपाल झर्न थाल्छ।

धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिने हुन्छ। यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्ने हुन्छ। त्यस्तै, मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुन्छ। जसका कारण पनि कपाल झर्छ।

पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्माेनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। त्यस कारणले कपाल झर्न थाल्छ। टेस्टोस्टेरोन हर्माेन तीव्र गतिमा बढ्न थालेपछि बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ।

कतिपय पुरुषले फरक स्टाइल दिने नाममा कपाल कलर गर्ने गर्छन्। यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने गर्छ। अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन्। जसले कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ। अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियमलगायतको कमी हुन्छ र कपाल झर्ने हुन्छ।

रोकथाम
वंशानुगत गुण, बढ्दो उमेर, हर्माेनका कारणले कपाल झरेको भए यसलाई रोक्न मुस्किल हुन्छ। तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न भने सकिन्छ। स्वस्थ जीवनशैली तथा खानपान आवश्यक हुन्छ। धूम्रपान र मद्यपान गर्नुहुँदैन। तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग नगर्दा कपाल झर्न कम हुन्छ।

Published Date: 14 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी