नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ: संस्कृति मन्त्री किराती

नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ: संस्कृति मन्त्री किराती : Icon Khabar

काठमाडौं, कार्तिक २८ । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्व र जात्राहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा हजारौं हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्ने बताए ।

‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ’, उनले भने ।

मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने धारणा राखे । उनले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

Published Date: 14 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी