नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ: संस्कृति मन्त्री किराती

नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ: संस्कृति मन्त्री किराती : Icon Khabar

काठमाडौं, कार्तिक २८ । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्व र जात्राहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा हजारौं हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्ने बताए ।

‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ’, उनले भने ।

मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने धारणा राखे । उनले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने