आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २६ । आज २०८० कार्तिक २७ गते आईतबार, तदनुसार १२ नोभेम्बर २०२३ । आज ३ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा, लक्ष्मी जयन्ती, नरक चतुर्दशी, सुख रात्रि, सूर्योदय- ६:२१, सूर्यास्त- १७:२३ बजे ।

आजको राशिफल

मेष: पारिवारिक व्यस्तता रहने छ । पार्टनरहरूसँगको मतभेद सकिने छ । परिवारसहित नजिकैको धार्मिकस्थलको भ्रमण हुनेछ ।

वृष: व्यवसायिक यात्रा सफल हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । इमान्दारिताको प्रशंसा हुनेछ ।

मिथुन: नयाँ योजना बन्ने छ । मान सम्मान पाइने छ । उपहार पाइने योग छ ।

कर्कट: यात्रा सफल रहने छ । विवाद नगर्नु होला । धनगमको सम्भावना छ ।

सिंह: प्रेम-प्रसंगमा जोखिम नलिनु होला । अगाडि बढ्ने मार्ग फेला पर्ने छ । शत्रु शान्त रहनेछन् ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । धनलाभ हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । धनगम सुस्त हुनेछ ।

वृश्चिक: लेनदेनमा सावधानी अपनाउनु होला । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । हर्षको समाचार पाइने छ । धनागम सुखद रहने छ ।

धनु: भय, पीडा तथा भ्रमको स्थिति बन्न सक्छ । पराक्रमबाट सफलता पाइने छ । मानसिक कष्टको सम्भावना छ ।

मकर: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । यात्राको योग बन्ने छ । प्रयास सफल रहने छ ।

कुम्भ: शुभ समाचार प्राप्त हुनेछ । पुराना साथी तथा आफन्तसंगको भेट सुखद हुनेछ ।

मीन: रोजगारमा वृद्धि हुनेछ । व्यवसायिक यात्रा सफल हुनेछ । लाभको योग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts