शुक्रबार भक्तपुरमा प्याब्सन म्युजिकल नाइट सम्पन्न

शुक्रबार भक्तपुरमा प्याब्सन म्युजिकल नाइट सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २५ । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन भक्तपुरको आयोजनामा प्याब्सन म्युजिकल नाइट शुक्रबार सम्पन्न भएको छ। नयाँ वर्ष नेपाल संवत ११४४ र दिपावलीको अवसरमा प्याब्सन भक्तपुरले शुक्रबार शुभकामना कार्यकमसँगै साँगीतिक कार्यक्रमको आयोजना गरेको हो।

म्युजिकल नाइट सुरू हुनु भन्दा अघि प्याब्सनका केन्द्रिय अध्यक्ष डीके ढुङ्गानाले मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका कोमल राजभण्डारीले दर्जनौं नेपाली, नेपाल भाषासँगै हिन्दि गीतहरु गाएकी थिइन्।

प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले समेत गीत गाएको उक्त कार्यक्रममा प्याब्सन सदस्य विद्यालयका सञ्चालकहरू, पत्रकार तथा विविध संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको प्याब्सन भक्तपुरका सचिव विजय कर्माचार्यले आइकन खबरलाई जानकारी दिए।

Published Date: 11 November 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु