काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने : Icon Khabar

काठमाडौं, कार्तिक २४ । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।

अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2023
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने