काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने : Icon Khabar

काठमाडौं, कार्तिक २४ । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।

अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम थियो ।

Published Date: 10 November 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु