प्रसिद्ध भारतीय गीतकार समीरलाई काठमाडौँमा सम्मान गरिने

प्रसिद्ध भारतीय गीतकार समीरलाई काठमाडौँमा सम्मान गरिने : Icon Khabar

काठमाडौँ, कात्तिक २४ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन्।

उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन् । उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन् । उनले लेखेका गीतहरु हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

उनलाई आगामी मंसिर २ गते काठमाडौँमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालको संयुक्त आयोजनामा ‘समीर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताईन्।

गीतकार समीरले रचना गरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रुचाइने हिन्दी गीतमा पर्छन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2023
Website | + posts


ताजा
ललितपुरले अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी
ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ?
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु