सुरेश राज शाक्यकाे “झीगु ख्वप” एकल फाेटाे प्रदर्शनी सम्पन्न

सुरेश राज शाक्यकाे “झीगु ख्वप” एकल फाेटाे प्रदर्शनी सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २२ । वरिष्ठ फोटोग्राफर सुरेश राज शाक्यकाे “झीगु ख्वप” एकल फाेटाे प्रदर्शनी कार्तिक २० गते सोमबार सम्पन्न भएकाे छ ।

अष्ट्रेलियाका महामहिम फेलिसिटी भाेल्कले उद्घाटन गरेको सो प्रदर्शनी अवलोकन गर्न बागमती प्रदेश सांसद सुरेन्द्र राज गाेसाईं, कन्चन चन्द्र बादे , काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उप मेयर मञ्जिला शाक्य बज्राचार्य ,बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगायत पत्रकार, फाेटाेग्राफर विभिन्न संघ संस्थाका प्रतिनिधिहरू विद्यालयका शिक्षक, शिक्षिका,विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।

साे प्रदर्शनीमा भक्तपुरका मुर्त अमुर्त सम्पदा, कला संस्कृति एवं जीवन शैलीका ८५ वटा फाेटाेहरू राखिएको थियो।

उक्त प्रदर्शनीमा फोटोग्राफर शाक्यद्धारा बिभिन्न समयमा भक्तपुरमा खिचिएका फोटोहरु समावेश गरिएको थियो। प्रदर्शनी भक्तपुरको लामगाल स्थित सरस्वती बिद्यागृह स्कूलसँगै रहेको नेपाल भोकेश्नल एकेडेमी सम्पन्न भयो।

Published Date: 08 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै