राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट : Icon Khabar

काठमाडौं, कार्तिक २१ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए । सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणालाई विश्व एक्वेटिक्सले गर्न सकिने सहयोगका बारेमा पनि हुसेनसंग आग्रह गरेका थिए ।

अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हरेक संघले पद्धति, काम अनि नतिजामा जोड दिनु पर्ने बताए । उनले सानै उमेरदेखि बालवालिकालाई पौडीमा आकर्षित राष्ट्रिय संघले पहल गर्नु पर्ने र त्यसका लागि विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको बताए ।

भेटका अवसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलगायतका पदाधिकारी, कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न