राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट : Icon Khabar

काठमाडौं, कार्तिक २१ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गरेका थिए । सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणालाई विश्व एक्वेटिक्सले गर्न सकिने सहयोगका बारेमा पनि हुसेनसंग आग्रह गरेका थिए ।

अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हरेक संघले पद्धति, काम अनि नतिजामा जोड दिनु पर्ने बताए । उनले सानै उमेरदेखि बालवालिकालाई पौडीमा आकर्षित राष्ट्रिय संघले पहल गर्नु पर्ने र त्यसका लागि विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको बताए ।

भेटका अवसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलगायतका पदाधिकारी, कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) को उपस्थिति रहेको थियो ।

Published Date: 07 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग