शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच छलफल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दल पूर्ण प्रतिबद्ध

शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच छलफल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दल पूर्ण प्रतिबद्ध : Icon Khabar

काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निष्ठ अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताकाे विरूद्ध डटेर सामना गर्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीहरु बीचको समिक्षा बैठक मात्र भएको स्पष्ट पारे । उनले भने , ‘परिवर्तनका बाहकहरु एकठाउँमा बसेर सामान्य समिक्षा गर्ने कुरा आफैंमा एउटा परिणाम भएकाे ठान्दै महत्वपूर्ण यस छलफललाई मैले भएको मानेको छु ।’

उनले छलफलमा सबै दलहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा सबलरुपमा उठेको उल्लेख गर्दै यसको रक्षाको लागि मैदानमै उत्रिनेसम्मको भावना ऐतिहासिक प्रक्रियामा दुरगामी अर्थ राख्ने बताए । प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरु देखा परेकाले परिवर्तनका बाहक शक्तिहरुले आफ्नै समिक्षा गर्नुपर्ने भएको बताए ।

यस्ता छलफलले नै त्यसप्रकारका प्रवृत्तिको प्रतिवाद हुने र परिवर्तनलाई कार्यान्वयन र परिमार्जनमा सहयोग पुग्ने उहाँको धारणा थियो । प्रधानमन्त्रीले बैठकको औचित्य, आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्र बारे सहभागी सबै दलहरु एकै छौं भन्ने प्रष्ट देखिएको बताए ।

Published Date: 07 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु