बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार पनि निकासा

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार पनि निकासा : Icon Khabar

काठमाडौं, कात्तिक २० । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियामवली– २०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । पदक विजेता ४ खेलाडी र २ प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले १ रजत र ३ कांस्य जितेको थियो । सुष्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख तथा बाँकी ३ खेलाडीले समान ३–३ लाख नगद पुरस्कार पाउने छन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले जनही १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

केहि दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा गरेको थियो । तीन प्रतियोगिताका लागि जम्मा १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने