नयाँ दिल्लीमा प्रदूषण बढेपछि सवारी साधनमाथि रोक लगाइयाे

नयाँ दिल्लीमा प्रदूषण बढेपछि सवारी साधनमाथि रोक लगाइयाे : Icon Khabar
नयाँ दिल्ली, कात्तिक २० । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँ दिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।
अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।
दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए ।
योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ । मन्त्री रायले भने, ‘दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो ।’ उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ ।
आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
दिल्लीमा प्रदूषण बढेको भए पनि बङ्गलादेश र श्रीलङ्का दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन् । राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक होइन । यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो ।
रासस-
Published Date: 06 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु