पाटन अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

पाटन अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग : Icon Khabar

काठमाडौं, कार्तिक २० । नेपाल चिकित्सक संघले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न माग गरेको छ ।

संघले शनिबार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको थियो ।

ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीमाथिको यस्तो असाधारण र जघन्य गतिविधिले समग्र स्वास्थ्य सेवामा गम्भीर असर पर्ने एनएमएले जनाएको छ ।

ओखलढुंगाकी ८६ वर्षीय जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्ण नगरकोटीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक महिलालाई निमोनिया भएको थियो भने नगरकोटीलाई निमोनियाका साथै कलेजोको रोग लागेको थियो ।

दुवै बिरामीको औषधि खुवाएको केही मिनेटमै मृत्यु भएको भन्दै बिरामीका आफन्तले विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने