पाटन अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

पाटन अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग : Icon Khabar

काठमाडौं, कार्तिक २० । नेपाल चिकित्सक संघले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न माग गरेको छ ।

संघले शनिबार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको थियो ।

ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीमाथिको यस्तो असाधारण र जघन्य गतिविधिले समग्र स्वास्थ्य सेवामा गम्भीर असर पर्ने एनएमएले जनाएको छ ।

ओखलढुंगाकी ८६ वर्षीय जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्ण नगरकोटीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक महिलालाई निमोनिया भएको थियो भने नगरकोटीलाई निमोनियाका साथै कलेजोको रोग लागेको थियो ।

दुवै बिरामीको औषधि खुवाएको केही मिनेटमै मृत्यु भएको भन्दै बिरामीका आफन्तले विरोध गरेका छन् ।

Published Date: 06 November 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु