भक्तपुर, माघ १। नेपालकै ऐतिहासिक धरोहरको रुपमा जीवीत देवता पूजिने लामो जात्राको आधारमा मानिने मानव समाजमा आधारित सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक श्री नवदुर्गाको माछा मार्ने (ङा–लाकेगु) जात्रा २०७९ पौष ३० गते देखि भक्तपुर नगरपालिका वडा नं ९ सुर्यमढी (टोचा) बाट वापे पाछाकिगु जात्रा बाट शुभारम्भ हुने गर्दछ ।
हरेक वर्ष झै परापुर्वकालबाट निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिना भित्र विभिन्न स्थानमा गरि २१ स्थानमा माछा मार्ने (ङा–लाकेगु) जात्रा गरिन्छ भने सोही अनुसार माघ १ गते सूर्यमढी टोल परिक्रममा गरी २ गते माछा मार्ने जात्रा गरिन्छ । ३ गते तचपाल , ४ गते क्वाठण्डौं, ५ गते टोल परिक्रमा, ६ गते गछे ,१२ गते टोल परिक्रमा ,माघ १३ गते दथुटोचा ,१४ गते टोल परिक्रमा ,१५ गते ईनाचो ,१६ गते याछे ,१७ र १८ गते टोल परिक्रमा ,१९ र २० गते काभ्रे साँगा , २१ गते टोल परिक्रमा , २२ गते टौमढी , २३ गते तालाको ,२४ गते टोल परिक्रमा ,२५ गते मुलाखुई ,२६ गते टोल परिक्रमा ,२७ गते गहिति ,२८ गते टोल परिक्रमा ,२९ गते क्वाछे , फाल्गुन १ गते तिबुक्छे ,२ गते टोल परिक्रमा , ३ गते गोरच,४ गते टोल परिक्रमा , ५ गते खौमा , ९ गते टोल परिक्रमा , १० गते ईताछे ङलाकेगु जात्रा सम्पन्न गरि पूण फागुन १२ गते देखी काभ्रेको नाला , धुलिखेल , श्री खण्डपुर लगायत ५ दिन सम्म तिथि मिति को आधारमा निरन्तर रुपमा जात्रा हुने गर्छ ।
यसका साथै पाहाँ चरे पछि बालाखु टोल त्यस पछि मातातिर्थ औशी निर काभ्रेको बनेपा र पनौति न.पामा ङलाके जात्रा हुने गर्छ त्यस पछि तुला“छे र चोछे मा हुने गर्छ । अन्तिममा यस वर्षको ङलाके जात्रा सिथि नखा: को ८ दिन पश्चात दरबार एरिया ईछु टोलमा जात्रा सम्पन्न गरिन्छ । यस जात्रा संचालन गर्न विभिन्न नेवारी जातिहरुमा जतिसुकै समस्याहरु देखियता पनि जात्रा लाई वर्तमान अवस्थासम्म निरन्तर संचालन भएको बढी जस्तो उजाजु (वनमाला) जातीको महत्वपुर्ण भुमिका देखिन्छ । सोहि जात्रा निरन्तरताबाट उजाजु जाति सवै क्षेत्रमा पिछडिएको पनि देवगणहरुको भनाई रहेको छ । हरेक बर्ष निरन्तर रुपमा टोलटोलमा घुमाई भक्तजनहरुको श्रद्धाको पुजा प्रसाद ग्रहण गरि किन माछामार्ने जात्रा संचालन गरिन्छ ।
मल्लकालिनबाट संचालन भएको रहेता पनि यसको कुनै ठोस तथ्य प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गाको जात्राबाट मानव समाजको सन्देश दिइरहेको पाइन्छ भने कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहको देखिन्छ । मातृ सताप्दीकाल देखि देवीहरुको समुहबाट यस जात्रामा मानव सामाजको बारेमा दिशानिर्देशन गराउन यस जात्रा संचालनमा आएको हुनुपर्छ । देवीहरुको पहिरण मुकन्दो लगाई बाजाको तालमा गिती नाटकको रुपमा देवगणहरुको नामाकरण क्रमश खिंबाजा, टंबाजा, कंशबाजा,भैरव, माहकाली, बाराही, कुमारी, गुजेकाली,माहालक्ष्मी,महादेव,गणेश,व्रमायणी, महेश्वरी,भद्रकाली,पुजारी नकीं ,बालकुमारी,,दुम्हा,शिम्हा,स्वेतभैरव,देवगण रहेको छ भने सोहि अनुसार फरक फरक ढंगका व्यवहार पांच रंग बाट विभाजन (रातो,कालो,सेतो हरियो ,पहेलो )बाट विभिन्न किसीमको नाच प्रस्तुति साकाहारी मांसाहारी छुटै रहेको छ ।
साथै पारिवारीक भुमीका सहकार्यहरु नारी प्रती अपहेलनाबाट नारीक्रोध दानब नरसंहार चेलीबेटीको विलाप केटाकेटीको चकचके व्यवहार दैनिक जीवनमा गर्नु पर्ने सरसफाई मानव जीवनमा गर्ने वेल विवाह दाम्पतीय जीवन मा हुने रितीरीवाज मतिनानाच संग सम्वन्धित विधिगत रुपमा यस जात्राले दिशावोध गरीरहेको पाइन्छ । सेतो भैरव ङलाक्यो जात्रा बाट नारी सुन्दरता, असत्य माथी सत्यको विजय सर–सफाईको शिक्षा, पेट दुखाउने नाच, खास्टो धुने नाच, मतिनाको नाच , विभिन्न थरिको नाच ,प्रर्दशनको नाच साथै यस जात्राबाट दैनिक जीवनमा खाना पिना बारे पनि विशेष रुपमा जानकारी बोध अनुसार द्ययो व्योकेगु अथवा प्रसाद ग्रहण गर्ने वारे पनि परीकारकोे आधारमा देखाइरहेको छ । जस मध्ये माछा,अण्डा, बारा, चतामारी, योमरी, भतमास, सम्हेवजी, मासुको परीकार, गेडागुडी , दही चिउरा साथै चौरासी व्यञ्जन पनि यस जात्रामा जानकारी गरीन्छ ।
बलीको आधारमा पञ्च बलीको रुपमा हांस कुखुरा ,रागो,वोका,भेडा बली दिने गरेको पाइन्छ । साथै मुं बाहंको रुपमा सुगुर लखेटेर बां लिकेगु जात्रा गर्नुको साथै जाड रक्सी चढाउने विशेषता रहेको न्याङको रुपमा ग्रहण गरी हर्ष उलासका साथ जात्रा मनाउने चलन रहेको हुदां यस जात्रा महत्वपुर्ण रहेको छ । साथै मानव समाजमा हुने व्रतवन्ध शुभ विवाह शुभकार्यमा यस नवदुर्गा देवगणलाई प्रसाद ग्रहण द्ययो व्योकेगु कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने गरेको, काम सफल हुनुको साथै कुल स्थिर हुने आर्शिवाद प्राप्त गर्न द्ययो व्योकेगु जात्रा मनाउने जनविश्वास रहेको छ । कुनै दिन आफ्नो दीन दशा बिग्रेको बेला नवदुर्गाको अमूल्य प्रसाद ग्रहण गर्ने मध्ये दहि ,चिउरा ,पंचरंगी धागो ,मुल पात्रको जल ,कालो टिका (मोहनी) ग्रहण गर्दा विघ्नबाधा हट्नुको साथै निरोगी हुने परम्परा रहेको पाइन्छ । कुनै दिन आफ्नो नया घर निर्माण गर्दा नवदुर्गा देवगण भित्राउदा घरमा शान्ती हुने कुनै डर त्रासबाट मुक्त हुने हुदा नवदुर्गा देवगण घरमा भित्राउने चलन रहेको पाइन्छ ।
यसै आधारहरुमा यस श्री नगदुर्गाको जात्रा भक्तपुरमामात्र सिमीत नभई जिल्ला बाहिर क्रमश काठमाण्डौ पशुपति (टोखा,गोर्कण,साखु ,चागु,ठिमी,सांगा,नाला,धुलिखेल,बनेपा,खम्पु,पनौति,)गरी विभिन्न स्थान मा जात्रा संचालन हुनेगर्दछ । अन्तमा यस जात्रा बारे नया पिढीहरुलाई जनचेतना दिने उद्देश्यका साथ मानव जीवनमा आधारीत ऐतिहासिक महत्व बोकेको सास्कृतिक धरोहरलाई जोगाउन सम्वन्धित निकाय र जनचासो अति आवश्यक पहल गरि संरक्षण गराउनु पर्ने देखिन्छ ।
लेखक
नारायणमान बनमाला
(नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार)
Published Date: 15 January 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar