पहिचान भएका शव सोमबार आफन्तलाई जिम्मा लगाउने : सहायक प्रजिअ शाही

पहिचान भएका शव सोमबार आफन्तलाई जिम्मा लगाउने : सहायक प्रजिअ शाही : Icon Khabar

पोखरा, माघ १।काठमाडौँबाट उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटना भएको थियो। विमानमा १५ जना विदेशी नागरिक सहित ६८ जना यात्रु सहित ७२ जना सवार विमान सेती खोँचमा दुर्घटना भएको थियो। तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ भने अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छन ।

पहिचान भएका शव भोलि सोमबारनै आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनको अनुसार पहिचान नभएका शवको डीएनए परीक्षणका लागिभोलि नै काठमाडौं पठाइने छ ।

दुर्घटनापछी नेपाल सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण अनिवार्य गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन र अनुगमनको जिम्मेवारी दिने भएको छ । नेपाल सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts