पहिचान भएका शव सोमबार आफन्तलाई जिम्मा लगाउने : सहायक प्रजिअ शाही

पहिचान भएका शव सोमबार आफन्तलाई जिम्मा लगाउने : सहायक प्रजिअ शाही : Icon Khabar

पोखरा, माघ १।काठमाडौँबाट उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटना भएको थियो। विमानमा १५ जना विदेशी नागरिक सहित ६८ जना यात्रु सहित ७२ जना सवार विमान सेती खोँचमा दुर्घटना भएको थियो। तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ भने अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छन ।

पहिचान भएका शव भोलि सोमबारनै आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनको अनुसार पहिचान नभएका शवको डीएनए परीक्षणका लागिभोलि नै काठमाडौं पठाइने छ ।

दुर्घटनापछी नेपाल सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण अनिवार्य गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन र अनुगमनको जिम्मेवारी दिने भएको छ । नेपाल सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

Published Date: 15 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय