नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुखमा निर्वाचित

नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुखमा निर्वाचित : Icon Khabar

सुर्खेत, माघ १। कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् ।

प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेललाई पराजित गरे। गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।

कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले गुरुङलाई सभामुखको उमेदवार बनाएको हो ।

Published Date: 15 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड