नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुखमा निर्वाचित

नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुखमा निर्वाचित : Icon Khabar

सुर्खेत, माघ १। कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् ।

प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेललाई पराजित गरे। गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।

कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले गुरुङलाई सभामुखको उमेदवार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने