बुधबार नेप्से परिसूचकमा गिरावट

बुधबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से ५ दशमलब १७ अंकले घटेर २ हजार ५ सय ६६.१६ विन्दुमा कायम भएको छ । सेयरबजारमा आज ३२१ कम्पनीका सेयर कारोबार भएका छन् ।

कुल १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ कारोबारबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार झण्डै एक अर्ब रुपैयाँले बढी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, जलविद्युत, लघुवित्त तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादनशील क्षेत्र, म्युचल फण्ड, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् ।

खानीखोला हाइड्रोपावर कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा मानुशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने ज्योति विकास बैंकको बण्डमा लगानीकर्ता, पञ्चकन्यामाई हाइड्रोपावर तथा सिनर्जी पावर डेभलपमेन्टका सेयरधनी रहेका छन् ।

Published Date: 29 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै