बुधबार नेप्से परिसूचकमा गिरावट

बुधबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से ५ दशमलब १७ अंकले घटेर २ हजार ५ सय ६६.१६ विन्दुमा कायम भएको छ । सेयरबजारमा आज ३२१ कम्पनीका सेयर कारोबार भएका छन् ।

कुल १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ कारोबारबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार झण्डै एक अर्ब रुपैयाँले बढी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, जलविद्युत, लघुवित्त तथा व्यापार समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादनशील क्षेत्र, म्युचल फण्ड, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् ।

खानीखोला हाइड्रोपावर कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा मानुशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने ज्योति विकास बैंकको बण्डमा लगानीकर्ता, पञ्चकन्यामाई हाइड्रोपावर तथा सिनर्जी पावर डेभलपमेन्टका सेयरधनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न