४९ वर्षको उमेरमा पनि मलाइका अरोरा किन फिट छिन् ? यस्तो छ फिटनेस मन्त्र

४९ वर्षको उमेरमा पनि मलाइका अरोरा किन फिट छिन् ? यस्तो छ फिटनेस मन्त्र : Icon Khabar

काठमाडौं, कार्तिक २० । बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् मलाइका अरोरा। ४९ वर्षको उमेरमा पनि उनी फिटनेसमा अरूभन्दा अगाडी छिन्। उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्।

बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्।

मलाइकाले प्रायः आफ्नो इन्स्टाग्राममा फिटनेसको महत्त्वको बारेमा सिकाउँदै उत्प्रेरक पोस्ट र भिडियोहरू पोस्ट गर्छिन्। उनी योग गर्न मन पराउँछिन् र डीभा स्टुडियो नामक आफ्नै योग स्टुडियो पनि चलाउँछिन्। आफ्नो व्यस्त दिनको बाबजुद पनि उनी कुनै पनि दिन आफ्नो कसरत छुटाउँदिनन्।

उनले आफ्नो सम्बन्ध विच्छेद पछिको समयमा योगको कारणले आफूलाई धेरै सहयोग भएको बताउदैं आएकी छन्। योग सँगै कसरतमा उनी कार्डियो, वजन प्रशिक्षण, र पिलेट्स सहित विभिन्न व्यायामहरू गर्छिन्।

उनी आफ्नो कसरत कार्डियोबाट सुरु गर्छिन्, त्यसपछि पिलेट्स र शक्ति अभ्यासहरू गर्छिन्। उनी हरेक दिन योगा पनि गर्छिन्। योगले सबै उमेरका मानिसहरूलाई शारीरिक र मानसिक रूपमा फाइदा गर्छ। मलाइकाले पिलेट्स पनि गर्छिन्। यो व्यायामको यस्तो तरिका हो जसले मांसपेशीहरू बलियो बनाउन मदत गर्छ। उनी स्वस्थ खानेकुरा खान जोड गर्छिन् र पानी पर्याप्त मात्रामा पिउँछिन्।

बिहान उठ्ने बित्तिकै उनी एक लिटर पानीमा कागती राखेर खान्छिन्। उनी जिरा पानी पनि खाने गर्छिन्। त्यसपछि उनी वर्कआउट गर्छिन् र ताजा फलफूल, अन्डा, टोस्ट र जुसहरू खान्छिन्। बिहानको खानामा उनी भात या चपाती र केही तरकारी खान्छिन्। दिउँसो उनी पिनट बटर र स्यान्डबिच खान्छिन्। साँझको खानामा उनी उसिनेको तरकारी, सुप, सलाद र दाल खान्छिन्।

उनी दिनभरि आफूलाई हाईड्रेट राखी रहन्छिन्। उनी जङ्क फुड खाँदिनन्, उनी प्रायस् घरमै बनेको खानेकुरा मात्रै खान्छिन्।

Published Date: 06 November 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता