काठमाडौँ महानगरले ‘साथी महानगर’ योजना अन्तर्गत सुत्केरी महिलालाई १० हजार रुपैयाँ दिने

काठमाडौँ महानगरले ‘साथी महानगर’ योजना अन्तर्गत सुत्केरी महिलालाई १० हजार रुपैयाँ दिने : Icon Khabar

काठमाडौं, कार्तिक २० । काठमाडौं महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ दिने भएको छ। ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने मेयर बालेन शाहले जानकारी दिए।

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गरिने उनले बताए।

यस्तै कुनै सदस्यको नियमित रोजगारी नभएका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको परिवारमा रहेकी ४२ दिन भित्रको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने भएको छ। महानगरको उक्त सहयोग लिनका लागि सम्बन्धित व्यक्तिले ९८४१९८५४९० यो नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

Published Date: 06 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी