सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २० । सुनको मूल्य सोमबार तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न