दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव फेला

दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव फेला : Icon Khabar

पोखरा, माघ १। पोखरामा आज ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रु विमान दुर्घटनामा परी कम्तीमा ३६ जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ।

भग्नावशेषबाट ३६ शव निकालिएको र आगो निभाइएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनास्थलबाट जानकारी दिए।

यति एयरलाइन्सको एटीआर-७२ विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो र अवतरण हुनुभन्दा केही मिनेटअघि नै दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सिन्ह्वालाई बताए।

विमानमा १५ विदेशीसहित ६८ यात्रु र चार चालक दलका सदस्य सवार रहेको निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने