दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव फेला

दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव फेला : Icon Khabar

पोखरा, माघ १। पोखरामा आज ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रु विमान दुर्घटनामा परी कम्तीमा ३६ जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ।

भग्नावशेषबाट ३६ शव निकालिएको र आगो निभाइएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनास्थलबाट जानकारी दिए।

यति एयरलाइन्सको एटीआर-७२ विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो र अवतरण हुनुभन्दा केही मिनेटअघि नै दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सिन्ह्वालाई बताए।

विमानमा १५ विदेशीसहित ६८ यात्रु र चार चालक दलका सदस्य सवार रहेको निरौलाले बताए ।

Published Date: 15 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न