तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने सरकारको तयारी

तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने सरकारको तयारी : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, कार्तिक १७ । सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

त्यस्तै उनले उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि बताए । विभागले सादा पोशाकमा कालाबजारी गर्ने व्यापारीको गोदाममा छापा हानिरहेको पनि उनको भनाइ छ ।

अत्यधिक माग भएका बेला दसैंमा चिनीको हाहाकार भएको थियो । उपत्यकाबाहिरका केही जिल्लामा चिनी पाइए पनि काठमाडौंमा भने अभाव नै कायम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी नपठाइ ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममै राख्ने गरेको पनि भेटिएको छ । वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी बिभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने विभागले जनाएको छ

कतिपय पसलहरूले प्रतिकिलो १६० रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट