उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन

उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन : Icon Khabar

काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ ।

तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

‘उपत्यकामा चिनीको खोजतलास गर्न ३ वटा टोलीपरिचालन भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘नेपाल प्रहरीसहित,जिल्ला प्रशासन, नाप तौल, आन्तरिक राजस्व लगायतका सबै निकाय अनुगमनमा सहभागी छन् ।’

केहीबेर अघि प्रधानमन्त्री कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु बीच चिनी अनुगमनबारे छलफल भएको थियो ।

तीन वटै सुरक्षा निकायएको बैठकमा काठमाडौंमा लुकाइएको चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय भए बमोजिम टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Published Date: 03 November 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली