कुमारी बैंकको खुद नाफामा भारी गिरावट, खराब कर्जा बढ्यो

कुमारी बैंकको खुद नाफामा भारी गिरावट, खराब कर्जा बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १७ । कुमारी बैंकको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारी गिरावट आएको छ ।

गत वर्षमो सोही अवधिमा १ अर्ब बढी नाफा गरेकामा यसपटक ७३.६४% ले घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा खुद ब्याज आम्दानी ६३.६०% ले बढेर ३ अर्ब ४ करोड रुपैयाँ माथि पुगेपनि खराब कर्जामा उच्च वृद्धि भएपछि नाफा प्रभावित भएको हो ।

खराब कर्जा १.२८% बाट बढेर गत असोज मसान्तसम्मा ४.८९% पुगेको छ । यस बैंकले ठूलो रकम इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ । यसका लागि २ अर्ब १८ करोड रुपैयाँ बढी रकम छुट्याएको हो ।

खुद नाफा घटेपछि कुमारीको प्रतिसेयर आम्दानी २३.२० रुपैयाँले घटेर ४.०३ रुपैयाँमा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २७.२३ रुपैयाँ थियो ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर