कुमारी बैंकको खुद नाफामा भारी गिरावट, खराब कर्जा बढ्यो

कुमारी बैंकको खुद नाफामा भारी गिरावट, खराब कर्जा बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १७ । कुमारी बैंकको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारी गिरावट आएको छ ।

गत वर्षमो सोही अवधिमा १ अर्ब बढी नाफा गरेकामा यसपटक ७३.६४% ले घटेर २६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा खुद ब्याज आम्दानी ६३.६०% ले बढेर ३ अर्ब ४ करोड रुपैयाँ माथि पुगेपनि खराब कर्जामा उच्च वृद्धि भएपछि नाफा प्रभावित भएको हो ।

खराब कर्जा १.२८% बाट बढेर गत असोज मसान्तसम्मा ४.८९% पुगेको छ । यस बैंकले ठूलो रकम इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ । यसका लागि २ अर्ब १८ करोड रुपैयाँ बढी रकम छुट्याएको हो ।

खुद नाफा घटेपछि कुमारीको प्रतिसेयर आम्दानी २३.२० रुपैयाँले घटेर ४.०३ रुपैयाँमा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २७.२३ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने