तिहारको लागि राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने

तिहारको लागि राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक १५ । नेपाल राष्ट्र बैंकले तिहारको लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी गरेको जनाएको छ। एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।

यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।

राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट