बुधबार नेप्से परिसूचक ५.८३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ५.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १५ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ५७ करोडको शेयर कारोबार भएको बजारमा आज २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts