बुधबार नेप्से परिसूचक ५.८३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ५.८३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १५ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ५७ करोडको शेयर कारोबार भएको बजारमा आज २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

Published Date: 01 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी