आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक १५ । आज २०८० कात्तिक १५ गते बुधबार, तद्अनुसार १ नोभेम्बर २०२३ । आजको तिथि– कात्तिक कृष्णपक्ष चतुर्थी, नक्षत्र– रोहिणी, ६ः३० बजेपछि मृगशिरा, योग– परिधि, करण– वव, चन्द्रराशि– वृष, सूर्योदय– ६ः१५, सूर्यास्त– १७ः१८ ।

आजको राशिफल

मेष: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । भाग्यको साथ पाइने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला ।

मिथुन: नयाँ योजना बन्ने छ । सुखका साधन प्राप्त हुनेछन् । सामाजिक कार्य गर्ने इच्छा हुनेछ ।

कर्कट: लाभको अवसर हात पर्नेछ । धार्मिक अनुष्ठान, पूजा–पाठ आदि कार्यक्रम आयोजना हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । पुराना रोग बल्झिने सम्भावना छ । महत्वपूर्ण निर्णय सोचविचार गरेर लिनु होला ।

कन्या: लेन–देनमा सावधानी अपनाउनु होला । चिन्ता तथा तनाव रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: धनलाभको अवसर हात पर्नेछ । ठूलो लाभ हुनसक्छ । भाग्यको साथ पाइने छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । महत्वपूर्ण निर्णय लिँदा सोचविचार गर्नु होला । स्वाभिमानमा ठेस लाग्न सक्छ ।

धनु: सहकर्मीको सहयोग पाइने छ । शारीरिक कष्टको सम्भावना छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । विवाद नगर्नु होला ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

मीन: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

 

Published Date: 01 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता