आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक १५ । आज २०८० कात्तिक १५ गते बुधबार, तद्अनुसार १ नोभेम्बर २०२३ । आजको तिथि– कात्तिक कृष्णपक्ष चतुर्थी, नक्षत्र– रोहिणी, ६ः३० बजेपछि मृगशिरा, योग– परिधि, करण– वव, चन्द्रराशि– वृष, सूर्योदय– ६ः१५, सूर्यास्त– १७ः१८ ।

आजको राशिफल

मेष: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । भाग्यको साथ पाइने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला ।

मिथुन: नयाँ योजना बन्ने छ । सुखका साधन प्राप्त हुनेछन् । सामाजिक कार्य गर्ने इच्छा हुनेछ ।

कर्कट: लाभको अवसर हात पर्नेछ । धार्मिक अनुष्ठान, पूजा–पाठ आदि कार्यक्रम आयोजना हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । पुराना रोग बल्झिने सम्भावना छ । महत्वपूर्ण निर्णय सोचविचार गरेर लिनु होला ।

कन्या: लेन–देनमा सावधानी अपनाउनु होला । चिन्ता तथा तनाव रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

तुला: धनलाभको अवसर हात पर्नेछ । ठूलो लाभ हुनसक्छ । भाग्यको साथ पाइने छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । महत्वपूर्ण निर्णय लिँदा सोचविचार गर्नु होला । स्वाभिमानमा ठेस लाग्न सक्छ ।

धनु: सहकर्मीको सहयोग पाइने छ । शारीरिक कष्टको सम्भावना छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । विवाद नगर्नु होला ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

मीन: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts