दयाहाङ राईको नयाँ फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने

दयाहाङ राईको नयाँ फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, कार्तिक १४ । चलचित्र ‘दयारानी’ को रिलिज डेट तोकिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने पक्का भएको हो ।

मंगलबार एक पोस्टर सार्वजनिक गर्दै बाँसुरी फिल्मसले दया रानीको नयाँ प्रदर्शन मिती घोषणा गरेको हो । माओत्से गुरुङ निर्देशित यो फिल्म विभिन्न देशमा प्रदर्शन भैसकेको छ । कलाकार गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । फिल्ममा दया र दिया सँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्नेछ । फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने