दयाहाङ राईको नयाँ फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने

दयाहाङ राईको नयाँ फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, कार्तिक १४ । चलचित्र ‘दयारानी’ को रिलिज डेट तोकिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने पक्का भएको हो ।

मंगलबार एक पोस्टर सार्वजनिक गर्दै बाँसुरी फिल्मसले दया रानीको नयाँ प्रदर्शन मिती घोषणा गरेको हो । माओत्से गुरुङ निर्देशित यो फिल्म विभिन्न देशमा प्रदर्शन भैसकेको छ । कलाकार गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । फिल्ममा दया र दिया सँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्नेछ । फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

Published Date: 31 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु