पश्चिमी वायुको आंशिक प्रभाव : तीन दिन वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : तीन दिन वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, कात्तिक १४ । आज (मंगलबार) देखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदलीदेखि मौसम समान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कात्तिक १५ गते पनि देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने