सरकारी बिदा धेरै भयो, एक चौथाइ बिदा कटौती गर्नुपर्छ: सांसद प्रेम सुवाल

सरकारी बिदा धेरै भयो, एक चौथाइ बिदा कटौती गर्नुपर्छ: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद सुवालले अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पत्तिको सीमांकन आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग गरे ।

‘नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ,’ उनले भने ।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी