सरकारी बिदा धेरै भयो, एक चौथाइ बिदा कटौती गर्नुपर्छ: सांसद प्रेम सुवाल

सरकारी बिदा धेरै भयो, एक चौथाइ बिदा कटौती गर्नुपर्छ: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद सुवालले अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पत्तिको सीमांकन आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग गरे ।

‘नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ,’ उनले भने ।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने पनि बताए ।

Published Date: 29 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु