एन्जिलाले फेरि सेथुबाट खेल्ने

एन्जिलाले फेरि सेथुबाट खेल्ने : Icon Khabar

काठमाडौं, कार्तिक ११ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आइलिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) का लागि सम्झौता नवीकरण गरेकी छन् ।

गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । ‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ’, एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यस पटक च्याम्पियन बन्ने योजना छ ।’

सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता भने गोप्य राखिएको छ । एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न