राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा : Icon Khabar

भक्तपुर, कार्तिक ११ । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिर सरिक भएका छन् । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपतिय व्यवस्थाभन्दा अघि राष्ट्रप्रमुखका रुपमा राजा आउने चलन थियो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका बनमालाहरुले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे । राष्ट्रपतिलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद किरण थापालगायतका प्रदेश सांसदहरु तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुहरु स्वागतमा बसेका थिए । साथै प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका विशिष्ट व्यक्तित्वहरु, समाजसेवी तथा मन्दिरसँंग सम्वन्धित विभिन्न व्यक्तिहरुले पनि स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2023
Website | + posts