राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा : Icon Khabar

भक्तपुर, कार्तिक ११ । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिर सरिक भएका छन् । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपतिय व्यवस्थाभन्दा अघि राष्ट्रप्रमुखका रुपमा राजा आउने चलन थियो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका बनमालाहरुले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे । राष्ट्रपतिलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद किरण थापालगायतका प्रदेश सांसदहरु तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुहरु स्वागतमा बसेका थिए । साथै प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका विशिष्ट व्यक्तित्वहरु, समाजसेवी तथा मन्दिरसँंग सम्वन्धित विभिन्न व्यक्तिहरुले पनि स्वागत गरेका थिए ।

Published Date: 28 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु