मुक्तिनाथ कृषि र नेपाल वेयर हाउजिङको आइपीओमा माग भन्दा बढी आवेदन

मुक्तिनाथ कृषि र नेपाल वेयर हाउजिङको आइपीओमा माग भन्दा बढी आवेदन : Icon Khabar
काठमाडौँ, कार्तिक ११ । मुक्तिनाथ कृषि र नेपाल वेयर हाउजिङ कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । सीडीएसका अनुसार आज शनिबार बिहान १०:७ बजेसम्ममा मुक्तिनाथ कृषिको आइपीओमा २ करोड २६ लाख १२ हजार रुपैयाँ र नेपाल वेयर हाउजिङमा २ करोड ३० लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
मुक्तिनाथको आइपीओमा ९ हजार २० जनाले २ लाख २६ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १.६१ गुणा धेरै हो । त्यसैगरी, नेपाल वेयर हाउजिङको आइपीओमा ८ हजार ८१५ जनाले २ लाख ३० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १.६७ गुणा धेरै हो ।
यी दुवै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शुक्रबार (कात्तिक १० गते) देखि आइपीओ बिक्री खुला गरेका हुन् । मुक्तिनाथले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २०% ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसको १०% अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरिएको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस्तै, नेपाल वेयर हाउजिङ कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १०% ले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री खुला गरेको हो । कम्पनीले २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जनाएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ । नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ ।
कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ । कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९% रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ ।
गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।
लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यी दुवै कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Published Date: 28 October 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक