इरानले कुनै पनि आक्रमण गरे आफुहरु पनि आक्रमणमा उत्रिने अमेरिकाको चेतावनी

इरानले कुनै पनि आक्रमण गरे आफुहरु पनि आक्रमणमा उत्रिने अमेरिकाको चेतावनी : Icon Khabar

काठमाडौँ, कार्तिक ८ । इजरायल–हमास संघर्ष मध्यपूर्वका अन्य क्षेत्रमा पनि फैलिने आशंकाका बीच अमेरिकी विदेश मन्त्री एन्टोनि ब्लिन्कनले इरानलाई चेतावनी दिएका छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा बोल्दै ब्लिन्कनले यदि अमेरिकामाथि इरानको प्रोक्सी (समर्थक चरमपन्थी समूह)ले कुनै पनि आक्रमण गरे अमेरिका पनि जवाफी आक्रमणमा उत्रिने चेतावनी दिएका हुन्।

उनले भने, ‘अमेरिका इरानसँग संघर्ष चाहँदैन। हामी चाहँदैनौं कि युद्ध अन्य क्षेत्रमा पनि फैलियोस्।’

यसअघि अमेरिकी सेनाले इराक र सिरियामा उसको सैन्य इलामा पछिल्लो सातादेखि एक दर्जन बढी ड्रोन आक्रमण भयो जसमा २० भन्दा बढी सैनिक सामान्य घाइते भएको बताएको थियो।

ब्लिन्कनले भने, ‘यदि इरान या उसको प्रोक्सी अमेरिकी सैनिकमाथि कुनै पनि ठाउँमा आक्रमण गर्छन् भने यस्तो गल्ती इरानले नगरोस्। हामी आफ्ना नागरिकको रक्षा गर्नेछौं। हामी आफ्नो सुरक्षा गर्नका लागि तीव्र कदम उठाउनेछौं।’

Published Date: 25 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न