नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा

नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा : Icon Khabar

काठमाडौँ, कात्तिक ८ । भारतको चर्चित गायन ‘रियालिटी शो’ ‘इण्डियन आइडल १४’ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छानिएकी छन् ।

सोमबार रातिको श्रृंखलामा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नाम समेत समावेश भएको छ । पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए । उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइक समेत जितेकी थिइन् ।

सोमबारको प्रस्तुतिमा पनि निर्णायकहरूले उनको निकै प्रशंसा गरेका थिए । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 October 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने