नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा

नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा : Icon Khabar

काठमाडौँ, कात्तिक ८ । भारतको चर्चित गायन ‘रियालिटी शो’ ‘इण्डियन आइडल १४’ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छानिएकी छन् ।

सोमबार रातिको श्रृंखलामा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नाम समेत समावेश भएको छ । पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए । उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइक समेत जितेकी थिइन् ।

सोमबारको प्रस्तुतिमा पनि निर्णायकहरूले उनको निकै प्रशंसा गरेका थिए । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

Published Date: 25 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर