विजयादशमीको दिन बिहानैदेखि रातिसम्मै व्यस्त भक्तपुरको ब्रह्मायणी मन्दिर (फोटो फिचर)

विजयादशमीको दिन बिहानैदेखि रातिसम्मै व्यस्त भक्तपुरको ब्रह्मायणी मन्दिर (फोटो फिचर) : Icon Khabar

काठमाडौं, कार्तिक ७ । आज विजयादशमीको दिन भक्तपुर नगरपालिकाको ब्रह्मायणी स्थानमा अवस्थित ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उपस्थिति देखियो। भक्तपुरको विभिन्न ठाउंबाट दिनभरी भक्तजनहरुको भीड लागेको थियो।

 

आफ्नो टोल टोलको बाजागाजा समूह सँगै आएका भक्तजनहरु देखि मेला भर्न आएका दर्शनार्थीले सो स्थानको रौनकता दिनभर उस्तै थियो।

शक्ति स्वरुपा ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्छ ।

भक्तपुर जिल्लाको विभिन्न ठाउँबाट आज ब्रह्मायणी मन्दिरमा पूजा गर्न जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरि भक्तजनहरु आउने गर्छन् ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डु लगायत काभ्रे, ललितपुर र काठमाडौदेखिका भक्तजन आउने गर्दछन्।

आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिंदै, पल्टिंदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन छ। शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ। यसो गरेमा मनोका पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 October 2023
Website | + posts