दशैंमा घर जाँदा गाडीमा वान्ता भयो भने के गर्ने ?

दशैंमा घर जाँदा गाडीमा वान्ता भयो भने के गर्ने ? : Icon Khabar

काठमाडाैं, कार्तिक ३ । गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ? भनेर बुझ्नुभन्दा पहिला भित्री कानको बारेमा बुझ्नुपर्छ । भित्री कान मस्तिष्कको नजिक हुन्छ । यसले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्‍याउँछ भने हाम्रो शरीरलाई सन्तुलित समेत बनाउँछ ।

गाडीमा यात्रा गर्दा हामीले झ्यालबाट हेर्छौं । हाम्रो आँखा र कान जहाँको त्यहीँ छ तर हामीले हेरेको कुराहरू छिटो छिटो घुमेको देखिन्छ । त्यस्तो बेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सकेन भने चक्कर लाग्छ अनि उल्टी हुन्छ ।

बाहिर हेर्दा रूख, घर दौडिएको देखिन्छ त्यो बेला कानले सन्तुलन मिलाउन सकेन भने बान्ता हुन्छ। जब बान्ता हुन्छ त्यसपछि चक्कर कम हुन्छ । तर शरीर शिथिल हुन्छ । खासगरी खेलकुदमा सक्रिय नभएका, कानको समस्या भएका र बढी सेन्सेटिभ व्यक्तिलाई वान्ता हुन्छ ।

उल्टी हुनेले के गर्ने ?

गाडीमा यात्रा गर्दा हल्का खाना खानुपर्छ भने सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ अनि बाहिर हेर्न हुँदैन। अथवा आँखा मोबाइलमा केन्द्रित भयो भने पनि ध्यान बाहिर जाँदैन । हिँडेर, टाउको हल्लाएर, आँखा तलमाथि गर्ने थेरापी गर्न समेत सकिन्छ । गाडीको चालकलाई चक्कर लाग्दैन किनकि उनीहरूले अगाडि हेर्छन् भने अर्को कुरा बानी परिसकेको छ।

गाडीमा यात्रा गर्दा बान्ता रोक्नको लागि औषधी खान सकिन्छ । यसले बान्ता हुन कम गर्छ । गाडीमा यात्रा गर्दा बान्ता हुनेहरूले रक्सी, चुरोट खान हुँदैन । यद्यपि रक्सी चुरोट कसैले पनि खान हुँदैन । त्यस्तै चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ ।

के गर्न हुँदैन ?

सोझो बाटोमा गाडी गुड्दा खासै असहज हुँदैन । तर, घुमाउरो, उकालो र ओरालो बाटोमा यात्रुलाई असहज महसुस हुन्छ । गाडीको धुँवा, चुरोटको धुँवा, भीडभाड र गुम्म हुँदा पनि धेरैलाई बान्ता हुन्छ ।

त्यसका लागि गाडी चढ्नुभन्दा अगाडि नै विभिन्न उपाय अपनाउन सकिन्छ । गाडी चढ्नुभन्दा एक घण्टाअगाडि बान्ता नलाग्ने औषधि खान सकिन्छ ।

यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन । त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।

त्यस्तै, धेरैजनाको बानी यात्रामा किताब पढ्ने, मोबाइल चलाउने हुन्छ । यस्तो अवस्थामा पनि रिंगटा र बान्ताको समस्या देखिन्छ । बान्ता हुने मान्छेले सकभर अगाडिको सिट रोज्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म हल्का भोजन गर्नुपर्छ । दुग्धजन्य पदार्थ, अमिलो र गुलियो खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने