अल नेपाल अन्तर वडा टेबलटेनिसको तयारी पूरा

अल नेपाल अन्तर वडा टेबलटेनिसको तयारी पूरा : Icon Khabar

काठमाडौं, असोज ३० । स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुने तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । चारदिने प्रतियोगिता बुधबारदेखि सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा सुरु हुँदैछ ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष-महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज-गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्ने छन् । आयोजकका अनुसार अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।

Published Date: 17 October 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न