दसैंका लागि खसीबोकाको बिक्री सुरू, जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ

च्याङग्राको मूल्य प्रतिकेजी १२५० रुपैयाँ

दसैंका लागि खसीबोकाको बिक्री सुरू, जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ : Icon Khabar

काठमाडौँ, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा मंगलबारदेखि खसीबोकाको बिक्री सुरू भएको छ । खाद्यमा दसैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू भएको हो ।

खाद्यले प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२५० मा बिक्री गर्दै छ । खाद्यले आजदेखि खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।

गत वर्ष दसैं–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौंमा भित्रिएको थियो । तीमध्ये खसीबोका ५१ हजार, च्यांग्रा २ हजार ५ सय र राँगा ५ सय भित्रिएको थियो ।

यस वर्ष पनि व्यवसायीले ५० हजारभन्दा बढी खसीबोका भित्र्याउने जनाएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ ।

Published Date: 17 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु