दसैंका लागि खसीबोकाको बिक्री सुरू, जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ

च्याङग्राको मूल्य प्रतिकेजी १२५० रुपैयाँ

दसैंका लागि खसीबोकाको बिक्री सुरू, जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ : Icon Khabar

काठमाडौँ, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा मंगलबारदेखि खसीबोकाको बिक्री सुरू भएको छ । खाद्यमा दसैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू भएको हो ।

खाद्यले प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२५० मा बिक्री गर्दै छ । खाद्यले आजदेखि खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।

गत वर्ष दसैं–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौंमा भित्रिएको थियो । तीमध्ये खसीबोका ५१ हजार, च्यांग्रा २ हजार ५ सय र राँगा ५ सय भित्रिएको थियो ।

यस वर्ष पनि व्यवसायीले ५० हजारभन्दा बढी खसीबोका भित्र्याउने जनाएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने